'कानुन विपरित प्रत्यायोजित व्यवस्थापनको काम नगर्न कृषि मन्त्रालयलाई सचेत' | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

‘कानुन विपरित प्रत्यायोजित व्यवस्थापनको काम नगर्न कृषि मन्त्रालयलाई सचेत’

ramnarayan bidari

काठमाडौं, ३० जेठ । संसदीय समितिले कानुन विपरित प्रत्यायोजित व्यवस्थापनको काम नगर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई सचेत गराएको छ । संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबार बसेको बैठकले मन्त्री चक्रपाणी खनाललाई समेत उपस्थित गराएर कानुन विपरित प्रत्यायोजित व्यवस्थापनको काम नगर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई सचेत गराएको हो ।

कानुन विपरित नियमावली, निर्देशिका, मापदण्ड, कार्यविधि बनाएको पाइएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई त्यस्ता खालका गतिविधि नगर्न सचेत गराइएको समितिका सभापति रामनारायण बिडारीले जानकारी दिनु भयो ।

सभापति बिडारीले कानुन विपरितका प्रत्यायोजित व्यवस्थापन गरेर विभिन्न मन्त्रालयले भ्रष्टाचार गरेको पाइएको उल्लेख गर्दै ती निर्देशिका बदर गराउने गरी राष्ट्रिय सभामा प्रस्ताव लैजाने तयारी गरिएको पनि बताउनु भयो ।

समितिलाई सरकारबाट भए गरेका काम कार्वाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा रायसुझाव दिने अधिकार दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);