राजा महेन्द्रबारे नकारात्मक टिका-टिप्पणी नगर्न कमल थापाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

राजा महेन्द्रबारे नकारात्मक टिका-टिप्पणी नगर्न कमल थापाको आग्रह

कमल थापा

काठमाडौं, २९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शाहबंशीय राजा महेन्द्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गर्नु भएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले शाह वंशीय राजा महेन्द्रलाई निरंकुश राजाको संज्ञा दिने काम गर्नु सही विश्लेषण नभएको उनको तर्क छ ।

उहाँले महेन्द्रले राजाको रुपमा विश्वसामु नेपाललाई स्वतन्त्र राष्ट्रको पहिचान दिलाएको उल्लेख गर्दै हरेक देशभक्त नेपालीले उहाँको योगदानलाई भूल्न नमिल्ने बताउनु भयो ।अध्यक्ष थापाले तत्कालीन राजा महेन्द्रले नेपालको स्वतन्त्रताको रक्षा गर्न २०१७ सालको कदम चालेको दावी पनि गर्नु भयो ।