आज विश्व धुम्रपानरहित दिवस मनाइँदै, बर्षेनी २५ हजारको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

आज विश्व धुम्रपानरहित दिवस मनाइँदै, बर्षेनी २५ हजारको मृत्यु

bishwo dhumrapan rahit diwas

काठमाडौं, १७ जेठ । धुम्रपान नगर्न आह्वान गर्दै नेपालमा पनि विश्व धुम्रपानरहित दिवस मनाइएको छ । दिवसका अवसरमा शुक्रबार विभिन्न स्वास्थ्य संस्थाहरुको अगुवाईमा राजधानीमा प्रभातफेरी कार्यक्रम पनि आयोजना गरियो । भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी सहिदगेट, वीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा पुगेर समापन गरिएको थियो ।

कार्यक्रमका सहभागीहरुले धुम्रपान नियन्त्रणका लागि हरेकलाई पहल गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले क्यान्सरजस्ता प्राणघातक रोग लाग्ने धुम्रपान नियन्त्रणका लागि घरघरबाटै पहल गनुपर्ने बताएका थिए । चिकित्सकहरुले धुम्रपान नियन्त्रणका लागि यसको उत्पादननै बन्द गराउन पहल गर्न पनि सबै समूदायलाई आग्रह गर्दै आएका छन् ।

नेपालमा हरेक वर्ष धुम्रपानकै कारण २५ हजार भन्दा बढिको ज्यान जाने गरेको छ । यसको नियन्त्रणका लागि सरकारले कानुन निर्माण गरेपनि कार्यान्वयन भने प्रभावकारी ढंगले हुन नसकेको सम्बन्धित निकायहरु आफैंको स्विकारोक्ति छ ।