प्रचण्ड मिडिया काउन्सिल विधेयकको समर्थनमा | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

प्रचण्ड मिडिया काउन्सिल विधेयकको समर्थनमा

prachanda

काठमाडौं, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मिडिया काउन्सिल विधेयकको समर्थनमा उभिनु भएको छ ।

सोमवार राजधानीमा आयोजित १७ औँ कृष्ण सेन स्मृति दिवस समारोहमा प्रचण्डले प्रेस जगतमा अराजकता रहेको र त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको आशय व्यक्त गर्नु भएको हो । पार्टी भित्र सबै नेताहरुलाई व्यवस्थापन गर्न मुस्किल भइरहेको पनि उहाँले बताउनु भयो ।

पार्टी भित्र गुटगत व्यवहार मौलाएकोले व्यवस्थापनमा कठिनाई उत्पन्न भइरहेको उहाँले स्पष्ट पार्नु भयो । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने भनिए पनि अन्तिम समयमा ओलीको प्रतिनिधित्व सञ्चार मन्त्री बाँस्कोटाले गर्नु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);