सिंहदरबारको अधिकारमात्र होइन भ्रष्टाचारपनि गाउँगाउँमा पुग्यो : नारायणमान बिजुक्छे | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

सिंहदरबारको अधिकारमात्र होइन भ्रष्टाचारपनि गाउँगाउँमा पुग्यो : नारायणमान बिजुक्छे

narayanman bijukche

भक्तपुर, ६ जेठ ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सिंहदरबारको अधिकारमात्र नभएर भ्रष्टाचारपनि गाउँगाउँमा पुगेको बताउनु भएको छ ।

सोमबार भक्तपुरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बिजुक्छेले बालुवाटार र शीतल निवासमा भइरहेको भ्रष्टाचार अहीले स्थानीय तहमा पनि सरेको दाबी गर्नुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालको पूँजीवादी नीतिको ‘व्यक्ति धनी हुने सिद्धान्त’का कारण वर्तमान सरकार नाम मात्रको कम्युनिष्ट सरकार भएको टिप्पणी गर्नुभयो ।

सरकारले गरिब जनताका लागि भन्दापनि धनीहरुको फाइदाको काम गरेको अध्यक्ष बिजुक्छेको भनाई छ । उहाँले संघीयता कार्यावन्यनका लागि प्रदेश र स्थानीय सरकारसंग केन्द्र सरकारले समन्वय गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);