गुणस्तरहीन औषधी बिक्री वितरण गर्ने लाई कारबाही गर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

गुणस्तरहीन औषधी बिक्री वितरण गर्ने लाई कारबाही गर्ने चेतावनी

upendra yadav

काठमाडौं, ३१ वैशाख । सरकारले गुणस्तरहिन औषधि बिक्री वितरण गर्ने औषधि पसलहरुलाई कार्वाही गर्ने चेतावनी दिएको छ ।

मंगलवार बसेको संसदको स्वास्थ्य तथा शिक्षा समितिको बैठकमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहीन औषधि बिक्री वितरण गर्ने औषधि पसलहरुमाथि कार्वाही गर्ने चेतावनी दिनु भएको हो । उहाँले उपयुक्त मापदण्डमा नराखिएको औषधि बिक्री वितरणमा पनि प्रतिबन्ध लगाउने बताउनुभयो । उपप्रधानमन्त्री यादवले चिकित्सकहरुको ‘प्रेसक्रिप्सन’ विना औषधि बिक्री वितरण गर्न नपाउने गरी सबै औषधि पसलहरुमा सरकारले निगरानी गर्न लागेको जानकारी समेत दिनुभयो ।

उहाँले सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट औषधि खरिद गर्दा महंगो पर्न जाने भएकाले त्यसलाई रोकेर सरकार आफैंले सिधै कम्पनीबाट औषधि खरिद गर्ने तयारी गरेको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);