काठमाडौं, २८ बैशाख । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिका नाममा रहेको विवरणले खैलाबैला मच्चाइरहेको समयमा सरकारी जग्गासमेतमा माफियाहरु पल्किएको भन्दै घडी घर भनेर चिनिने काठमाडौ असन बजारको ऐतिहासिक ‘कोथुननी धार्मिक बिहार’ मासेर ब्यापारिक कम्प्लेक्स बनाउन काठमाडौ महानगर तथा गुठी संस्थानको मिलेमतो भैरहेको भन्दै स्थानियले विरोध गरेका छन् ।
घडी घर भनेर चिनिने काठमाडौ असन बजारको ऐतिहासिक ‘कोथुननी धार्मिक बिहार’ मासेर ब्यापारिक कम्प्लेक्स बनाउन काठमाडौ महानगर तथा गुठी संस्थानको मिलेमतो भैरहेको भन्दै स्थानियले विरोध गरेका छन । अस कोथुननी वचाउ अभियान मार्फत उनिहरुले सरकारी सम्पदा महानगर तथा गुठी संस्थानको मिलेमतोमा पुस्तौँदेखि भोगचलन र संरक्षण गर्दै आएको स्थानीयसँग करार सम्झौता बाँकी रहेका बेला गुठी संस्थानले ‘बज्रयोगिनी सामान्य बहुउद्देश्यीय’ नामको कम्पनीसँग सम्झौता गरेर ब्यापारिक कम्प्लेक्स बनाउने र २५ वर्ष भाडामा चलाउन दिने गरी सम्झौता गरेपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन । उनिहरुले सम्पदा बचाउ अभियानमा लागेका हुन् । ‘सम्पदा बिक्रीमा, बेच्ने गुठी संस्थान, साक्षी बस्ने महानगर, पुरातत्व बेखबर’ हाम्रो सम्पदा हाम्रो पहिचान भन्दै स्थानियले विरोध जनाएका छन् ।
‘सम्पदा बिक्रीमा, बेच्ने गुठी संस्थान, साक्षी बस्ने महानगर, पुरातत्व बेखबर’ ‘हाम्रो सम्पदा हाम्रो पहिचान ’ भन्ने प्लेकार्ड लेखिएको फुटेज राख्ने
नेपाल सरकारले सरकारी जग्गाको दुरुपयोग हुन नदिने बताइरहेकै समयमा घडी घरमा माफियाको आँखा लागेको भन्दै स्थानिय विरोधमा उत्रिएका हुन ।
देशका विभिन्न स्थानका सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको समाचारहरु सार्वजनिक भैरहदा २०७२ साल वैशाख १२ मा गएको भुँइचालोले जीर्ण वनाएको उक्त घरको पुनर्निर्माणका लागि भन्दै ब्यापारिक कम्प्लेक्स बनाउन गुठी संस्थानले चालेको कदम धर्म र सम्पदा मास्ने षडयन्त्र भएको स्थानीयको भनाई रहेको छ । त्यसो त सो घडी घरमा पुस्तौदेखि केहि परीवार बस्दै आएका छन ।
विभिन्न समयमा आएको भूकम्पले क्षति पु¥याएपछि आफुहरुलेनै मर्मत गरेर पुस्तौदेखि सो घरमा बस्दै आएकोमा अहिले गुठी संस्थानले त्यस ठाउँमा व्यापारीक कप्लेक्स वनाउन थाल्नुले आशंका उव्जाएको घडी घरमा बस्दै आएका एकजना स्थानीय संजिव वज्राचार्य बताउनुहुन्छ ।
घडीघरसंग त्यस घरमा पुस्तौदेखि बस्दै आएको परीवारको सम्वन्ध त जोडिएको छनै, त्यस घरलाई कम्प्लेक्समा रुपमान्तरण गर्दा धार्मिक सम्पदापनि नासिने भएको भन्दै स्थानियहरुले विरोध गर्दै आएका छन । घडी घरमा धार्मिक मन्दिर मात्र होइन, स्थानीय मानिसहरुको वसोवास समेत रहेको छ । यस्तोमा महानगर र गुठी संस्थाले कम्प्लेक्स बनाउन नहुने समाजवादी पार्टी नेपालीकी नेतृ हिसिला यमीको भनाई रहेको छ ।
मल्ल कालमा राजाहरुले विकास गरेको व्यापारिक केन्द्र घडी घरमा त्यस समय त्यस क्षेत्रको ठूलो पसल रहेको स्थानियहरुको भनाई रहेको छ । हाल त्यस घरको भुँइतलामा १६ औँ शताब्दीको बुद्धको मूर्ति रहेको पुरातत्व विभागले नै प्रमाणित गरेको छ । आठ आना तीन दाम क्षेत्रफलमा फैलिएको पुरातात्वीक घरलाई कम्प्लेक्स बनाइनु कति उपयुक्त छ भन्ने अहिले वहसको विषय बनेको छ ।
घरको जिम्मा लिएकाहरुले निरन्तर गुठी संस्थानमा बाहल पनि बुझाउँदै आइरहेका छन् । पुरातात्वीक सम्पदा समेत रहेको क्षेत्रमा व्यापारीक कम्प्लेक्स बनाइन थाल्नुले माफियालाई कमाइखानका लागि बल मिलेको छ छैन ? भन्ने प्रश्न उब्जिएको छ ।