डडेल्धुरामा सडक दुर्घटनाको घटना बढ्दै | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

डडेल्धुरामा सडक दुर्घटनाको घटना बढ्दै

dadeldhura accident

डडेल्धुरा,  २० बैशाख । डडेल्धुरामा वर्षेनी सडक दुर्घटना बढ्न थालेको छ । यातायातका सवारी साधनको चाप बढ्दै गएपनि सडकको स्तरोन्नती नहुँदा दुर्घटना बढेको हो । नौ महिना यता सडक दुर्घटनामा २६ जनाले ज्यान गुमाएका छन् ।

सडक सुरक्षा प्रविधि अपनाउन नसक्दा डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका पहाडि जिल्लामा सडक दुर्घटना बढिरहेको छ । सडकको बिग्रदो अवस्थाका साथै चालकको लापरवाहीका कारण पनि डडेल्धुरामा सडक दुर्घटना बढ्दै गएको हो । जिल्लामा रहेको प्रमुख राजमार्ग क्षतिग्रस्त हुनुका साथै ग्रामिण सडक मापदण्ड अनुसार निर्माण भएका छैनन् ।

डडेल्धुरामा गत आर्थिक वर्षमा साना ठूला गरी ६ वटा दुर्घटना भएका थिए भने चालु आर्थिक वर्षको नौ महिनाको अवधीमा १० वटा सडक दुर्घटना भईसकेका छन् । जसमा गत आर्थिक वर्ष सडक दुर्घटनामा परी नौ जनाले ज्यान गुमाएका थिए भने चालु आर्थिक वर्षको नौ महिनामै २६ जनाले ज्यान गुमाईसकेका छन् । साँघुरो सडकका कारण चालकहरु पनि जोखिम मोलेर सवारी चलाउन बाध्य छन् ।

भिमदत्त राजमार्गमा मात्रै दैनिक हजारौँको संख्यामा यातायातका सवारी साधन संचालन हुने गरेका छन् । सडकको खस्कँदो स्तर र सवारी चालकहरुले लापर्बाही गरेर क्षमता भन्दा बढी यात्रु राख्नाले पनि दुर्घटना बढेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख देवबहादुर खत्रीले बताउनु भयो ।

डडेल्धुरासहित पहाडि जिल्लाका सडकमा ट्राफिक चिन्हका साथै अन्य सडक सम्बन्धी सुरक्षा चिन्ह प्रयोग भएको खासै पाइदैन । घुमाउरा सडक, खाल्डाखुल्डी, सडकको चौडाई कम, चालकको लापर्बाही आदि सडक दुर्घटनाका मुख्य कारण देखिन्छ । चाडवाडका बेला अझ बढी सडक दुर्घटना भई धेरैले ज्यान गुमाउने गरेको अंगभंग हुने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);