बेलायतका रक्षा मन्त्री विलियमसन बर्खास्त | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

बेलायतका रक्षा मन्त्री विलियमसन बर्खास्त

belayati raksha matri

काठमाडौं, १९ बैशाख । बेलायतका रक्षा मन्त्री गाविन विलियमसन बर्खास्त भएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद (एनएससी) को गोप्य सूचना चुहावट गरेकोमा आरोपमा मन्त्री गाविन बर्खास्त भएका हुन् । उनी सन् २०१७ देखि बेलायतको रक्षा मन्त्री थिए । प्रधानमन्त्री टेरिजा मेको कार्यालयबाट जारी गरिएको वक्तव्यमा प्रधानमन्त्रीले गाविनको क्षमतामाथिको विश्वास गुमाएको उल्लेख गरिएको छ । अब पेनी मोर्डन्ड रक्षा मन्त्री बन्ने छिन् ।

बेलायतमा ५ जी नेटवर्क बिस्तारका लागि हुवाईलाई सीमित अनुमति दिने सम्बन्धमा भइरहेको अनुसन्धान बारेको सुचना चुहावट भएको थियो । गाविनले भने कुनै पनि सुचना चुहावट नगरेको दाबी गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);