गणतन्त्रलाई संस्थागत गर्न चुनौती थपिएको प्रचण्डको भनाई | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

गणतन्त्रलाई संस्थागत गर्न चुनौती थपिएको प्रचण्डको भनाई

काठमाडौं, १८ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न चुनौति रहेको बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधवार राजधानीमा आयोजित एक कायृक्रममा बोल्दै अध्यक्ष दाहालले मजदुरहरुको समेत ठूलो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर हुँदै मुलुकमा नकारात्मक अराजकताको स्थिति पैदा हुने हो कि भन्ने प्रश्न उब्जिएको उल्लेख गर्नुभयो । उहाँले विश्वमा धनी र गरिवबीचको खाडल झनै बढेर गएको हेक्का राखेर अघि बढनुपर्नेमा पनि जोड दिनु भयो।

अध्यक्ष दाहालले ८० प्रतिशत भन्दा बढि गरिवलाई विश्वको सम्पत्ति कब्जा गरेर बसेकाहरुले अहिले पनि अन्याय, अत्याचार गरिरहेको उल्लेख गर्दै त्यसबाट मुक्ति दिलाउन जरुरी रहेको बताउनु भयो ।