एनसेल कार्यालयमा ताल लगाउन रेखा थापाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

एनसेल कार्यालयमा ताल लगाउन रेखा थापाको आग्रह

काठमाडौं, १५ बैशाख । चर्चित अभिनेत्री रेखा थापाले एनसेलबाट अर्बाैको पूँजीगत लाभकर असुली नभएसम्म कार्यालयमा ताला लगाउन आग्रह गरेकी छन् । त्यसका लागि उनले युवालाई दवाव दिन पनि आह्वान गरेकी छन् । चलचित्र निर्मात्री समेत रहेकी अभिनेत्री थापाले एनसेलले लुट मच्याउँदा पनि सरकारले केही गर्न नसकेको उल्लेख गर्दै त्यसको विरुद्ध युवाहरु अग्रसर हुनुको विकल्प नरहेको बताइन् ।

आईतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एनसेलले करिव ४० अर्ब पूँजीगत लाभकर बुझाउन बाँकि रहेको उल्लेख गर्दै त्यसको कार्यालयमा ताला लगाउन पनि सरकारलाई आग्रह गरेकी छन् । एनसेलले पूँजीगत लाभकर असुली नगरेसम्म त्यस विरुद्धको आन्दोलनलाई निरन्तरता दिनुपर्ने अभिनेत्री थापाको भनाई छ ।

कार्यक्रममा बोल्दै वरिष्ठ अभिवक्ता डा. सुरेन्द्र भण्डारीले एनसेलको पूँजीगत लाभकर असुली नभएसम्म त्यसको सिम कार्ड बहिष्कार गर्न पनि सबैलाई आह्वान गरिन् । उनले सरकारले एनसेलको पूँजीगत लाभकर असुली गर्ने नदेखिएपछि आफूहरुले असुलीका लागि सर्वसाधारणलाई दवाव दिन आह्वान गर्नु परेको बताइन् ।

एनसेलले हाल करिव ४० अर्ब पूँजीगत लाभकर असुली गर्न बाँकि छ । तर सरकारले त्यसलाई उठाउन चाँसो नदिएको नागरिक अगुवाहरुले गुनासो गरिरहेका छन् । उनीहरुले पूँजीगत लाभकर असुली नभएसम्म एनसेललाई कारोबार गर्नबाट बञ्चित गराउन पनि सरकारलाई दवाव दिँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);