इंग्लिस प्रिमियर लिग: वाटफोर्डलाई हराउँदै आर्सनल लिगको चौथो स्थानमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

इंग्लिस प्रिमियर लिग: वाटफोर्डलाई हराउँदै आर्सनल लिगको चौथो स्थानमा प्रवेश

khelkud

काठमाडौं, ३ बैशाख । इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलले वाटफोर्डलाई एक शुन्यले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा १० खेलाडीमा झरेको वाटफोर्ड विरुद्ध जित निकाल्ने क्रममा आर्सनलका लागि इमीरी पियरेको एकमात्र गोल निर्णायक बन्यो ।वाटफोर्डको घरेलु मैदानमा भएको खेलको १० औं मिनेटमा नै पिएरेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यसको एक मिनेट पछि नै वाटफोर्ड १० खेलाडीमा झर्न पुग्यो । उसका डीने सोझै रातो कार्ड पाउदै मैदानबाट बाहिरीए । त्यसपछि भने आर्सनलले विपक्षी १० खेलाडीमा झरेको फाइदा लिन सकेन । तर पनि पिएरेको एकमात्र गोल निर्णायक बन्यो ।जितसँगै आर्सनल ३३ खेलबाट ६६ अंकका साथ लिगको चौथो स्थानमा पुगेको छ ।