मिथिलाञ्चलमा बिहीबार चैते छठपर्व धुमधामसंग मनाईंयो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

मिथिलाञ्चलमा बिहीबार चैते छठपर्व धुमधामसंग मनाईंयो

जनकपुरधाम, २८ चैत । जनकपुरधामसहित मिथिलाञ्चलमा बिहीबार चैते छठपर्व धुमधामसंग मनाईंदै छ । मंगलबारदेखि शुरु भएको चैत छठ पर्वको तेश्रो दिन बिहीबार मुख्य दिन हो ।

बिहीबार अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ दिई शुक्रबार बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्वको समापन हुनेछ । छठ पर्व मनाउन श्रद्धालुहरु पोखरीको किनारमा अर्घलाई सजाएर राखी साझँमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिन्छन् ।

कार्तिकमा मनाईने छठ पर्व जतिको संख्यामा श्रद्धालुभक्तजनहरु नभए पनि विस्तारै चैते छठ पर्व गर्नेहरुको संख्यामा पनि बृद्धि हुन थालेको छ । चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ ।

खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसी साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर, केरा, दुध एवम् विभिन्न प्रकारको फलफुल चढाईने गरिन्छ । धार्मिक आस्था, विश्वास तथा सद्भावको रुपमा मनाईने यो पर्व केही वर्ष पूर्वसम्म मारबाडी समुदायका केही व्यक्तिहरुले मात्र मनाउने गर्दथे । तर वर्षेनी यो पर्व मनाउनेहरुको संख्यामा वृद्धि भइरहेको छ ।