पुरुष हक्कीमा प्रदेश २ द्वारा प्रदेश ३ पराजित, आर्मी र गण्डकी प्रदेश बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

पुरुष हक्कीमा प्रदेश २ द्वारा प्रदेश ३ पराजित, आर्मी र गण्डकी प्रदेश बराबरीमा

नेपालगन्ज, २७ चैत । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तरगत बुधबार भएको पुरुष हक्की प्रतियोगितामा प्रदेश २ ले प्रदेश ३ लाई ५ गोलले पराजित गरेको छ ।

नेपालगञ्जमा भएको खेलमा प्रदेश नं. ३ का विरुद्ध प्रदेश नं. २ ले पाँच गोल गरेको हो । खेलमा प्रदेश २ का खेलाडी मनोज शाहले २४ औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यसैगरी खेलको ३८ औँ मिनेटमा गोविन्द अधिकारीले दोस्रो गोल गरे ।

खेलको ५२ औँ र ५४ औँ मिनेटमा कप्तान हरविन्द्र सिंहले दुई गोल गरे । त्यसैगरी ५६ आैं मिनेटमा अधिकारीले अर्काे गोल गरेर प्रदेश २ लाई अग्रता दिए ।

प्रतियोगिताको पहिलो दिन प्रदेश नं. ३ का खेलाडीले कुनै गोल गर्न सकेनन् । त्यसैगरी बुधवार नै भएको अर्काे खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश बराबरीमा रोकिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);