एमालेका २१ केन्द्रीय सदस्य ५ महिनादेखि 'बेरोजगार' | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

एमालेका २१ केन्द्रीय सदस्य ५ महिनादेखि ‘बेरोजगार’

काठमाडौं, १८ भदौ । एमालेका २१ केन्द्रीय सदस्यले पाँच महिनादेखि जिम्मेवारी पाएको छैनन् । २० फागुनमा झापामा बसेको स्थायी समिति बैठकले मनोनीत गरेका १२ पूर्ण र ९ जना वैकल्पिक केन्द्रीय सदस्यले जिम्मेवारी नपाएका हुन् । तरार्ई केन्द्रीत मेची–महाकाली अभियानका क्रममा एमालेले तराईबाट प्रतिनिधित्व गर्ने २१ नेतालाई एकैपटक केन्द्रीय कमिटीमा मनोनीत गरेको थियो।

 

नेताहरु रघुवीर महासेठ, धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव, रामचन्द्र शाह तेली, रामदयाल मण्डल रत्नेश्वर गोइत, रवीन्द्र बैठा, लालबाबु यादव, यदुवंश झा र हरिनारायण महतो केन्द्रीय सदस्यमा मनोनीत भएका थिए।

 

वैकल्पिकतर्फ नारदमुनि राना, जुली महतो, मञ्जु चौधरी, शान्ता चौधरी, हरि राजवंशी, सुधीर शाह, सरोज यादव, सरला यादव र महम्द हारुन मनोनीत भएका थिए । महासचिव ईश्वर पोखरेलले मनोनीत केन्द्रीय सदस्यलाई नयाँ जिम्मेवारी दिने गरी गृहकार्य अघि बढिरहेको बताए। उनका अनुसार कतिपय केन्द्रीय सदस्यको पुरानो जिम्मेवारीमा समेत हेरफेर गर्ने गरी केन्द्रीय सचिवालयले गृहकार्य सुरु गरेको छ।

 

प्रदेश-२ मा स्थानीय तहको निर्वाचन तयारी अघि बढिरहेका बेला पनि पार्टीले परिभाषित जिम्मेवारी नदिएकामा मनोनीत केन्द्रीय सदस्य असन्तुष्ट देखिएका छन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।