काठमाडौं, २१ चैत । १६ अर्ब रुपैंया बराबरको ठगीको अभियोगमा ओरियन्टल को अपरेटिभका अध्यक्ष सुधीर बस्नेत फेरी पक्राउ परेका छन् । हाउजिङ व्यवसायी सुधीर बस्नेतलाई महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले बुधवार साँझ नयाँ बानेश्वरस्थित भिमसेन गोलाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका बस्नेतमाथि लगानीकर्ताको अर्बाै रकम ठगी गरेको आरोप छ । उनले दश वर्षअघिदेखि लगानी कर्ताबाट लिएको पाँच अर्ब बराबरको रकम ठगि गरेको आरोप छ । ओरेन्टियल को अपरेटिभ भेगास अर्पाटमेन्ट र कोहिनुर हिल हाउजिङ्ग लगाएतका सहकारीमा विभिन्न मितिमा जम्मा भएको बचत तथा लगानीकर्ताहरुको रकम हिनामीना तथा ठगि गरेको आरोप बस्नेत माथि छ ।
१० वर्ष अघि ५ अर्ब लिएपछि अहिले त्यसको व्याजसहित हिसाव गर्दा १६ अर्ब बराबरको हुन महानगरीय प्रहरी परिसरको भनाई छ । पीडितको किटानी प्रतिवेदनको आधारमा बस्नेतलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार सुधीर बस्नेतलाई सहकारी ऐन २०७४ को दफा १२२ को कसुरमा सहकारी ठगी तथा संगठित अपराध अनुसार मुद्दा चलाइने छ ।
हाउजिङमा लगानी गर्ने भनेर बस्नेतले ग्राहकसंग अर्बाै रकम उठाएर सहकारी मार्फत जग्गा खरिद गरेको देखिन्छ । काठमाडौंका १० औं ठाउँमा बस्नेतका हाउजिङ कम्पनी रहेका छन् । उनले ग्राहकबाट लिएको रकम विभिन्न व्यक्तिको नाममा जग्गा खरिद समेत गरेका छन् । बस्नेतले विभिन्न व्यक्तिको नाममा ८ सय रोपनी भन्दा बढी जग्गा खरिद गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।