सशस्त्रमा २३९ असइको माग, लिखित परीक्षामा ३९ मात्रै उत्तीर्ण | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

सशस्त्रमा २३९ असइको माग, लिखित परीक्षामा ३९ मात्रै उत्तीर्ण

sasaatra parahari

काठमाडौं, १३ चैत । सशस्त्र प्रहरीले सहायक निरीक्षक (असइ) पदमा २ सय ३९ जनाको भर्ना खुलाउँदा लिखित परीक्षामा ३९ मात्रै उत्तीर्ण भएका छन् । परीक्षामा एक हजार सात सय सहभागी थिए ।

खुलातर्फ एक सय २८ दरबन्दी माग भएकोमा ३९ जना उत्तीर्ण भएका हुन् । उनीहरूमध्ये १६ जनाले विभिन्न आरक्षण कोटाबाट पनि नाम निकालेका छन् । महिलातर्फ २२ मा तीन, आदिवासी जनजातितर्फ ३० मा आठ, मधेसीतर्फ ३० मा तीनजना उत्तीर्ण भए । दलितर्फ पाँचजनाको आरक्षण रहेकोमा एकजना पनि सफल भएनन् । पिछडिएको क्षेत्रअन्तर्गत पाँचजनाको कोटामा दुईजना पास भए भने सहिद प्रहरी परिवारका लागि छुट्याएको तीन कोटामा शून्य नतिजा आयो । नतिजा हेरेर सशस्त्र प्रहरीका अधिकारी नै आश्चर्यमा परेका छन् ।

अन्य पदमा पनि कमजोर नतिजा

सशस्त्रले भर्ना खुलाएका सबैजसो पदमा केही वर्षयता मागभन्दा थोरै मात्र उत्तीर्ण हुने गरेका छन् । लिखित परीक्षा पूर्ण रूपमा लोकसेवा आयोगले लिन थालेपछि मागभन्दा थोरै मात्र उत्तीर्ण भएका हुन् । सशस्त्रको इन्स्पेक्टर भर्नामा पनि ४३ जनाको माग भएकोमा लिखित परीक्षामा ३४ जना मात्र उत्तीर्ण भएका थिए । सोमबार अन्तिम नतिजा प्रकाशित हुँदा इन्स्पेक्टरमा २९ जना मात्र सफल भएका छन् । जसमा महिलाको संख्या शून्य छ । आरक्षणका सबै कोटामा मागभन्दा थोरै उत्तीर्ण भएका छन् । जवान भर्नामा पनि करिब ६० प्रतिशत मात्र उत्तीर्ण भएपछि हालै फेरि २६ सयको नयाँ भर्नाका लागि सूचना प्रकाशित गरिएको छ ।

भर्नाको पाठ्यक्रम संशोधन गर्न लोकसेवालाई आग्रह

भर्नामा माग भएभन्दा थोरै उत्तीर्ण हुँदा संगठनमै समस्या निम्तिएको भन्दै सशस्त्र प्रहरीले भर्नाको पाठ्यक्रम संशोधनका लागि लोकसेवा आयोगलाई आग्रह गरेको छ । कमजोर नतिजाले संगठनमै अप्ठ्यारो पर्न थालेपछि छलफल थालिएको सशस्त्रका प्रवक्ता सुरजकुमार श्रेष्ठले बताए । यसअघि नेपाली सेनामा पनि यस्तै समस्या देखिएको थियो । तर, पछिल्लो वर्ष सेनामा मागभन्दा धेरैले लिखित परीक्षा उत्तीर्ण गर्न थालेका छन् । यो समाचार नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);