काठमाडाैं, १७ भदौ । प्रमुख दलका शिर्ष नेताहरुको निर्देशनमै पूर्वाधारविहीन, विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेज लाई त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले सम्बन्धन दिएको खुलेको छ । विवादास्पद निर्णयमा हस्ताक्षरकर्तामध्ये त्रिवि कार्यकारी परिषदका एक सदस्यले प्रमुख लदका नेताले सम्बन्धन दिन आफूहरुलाई निर्देशन दिएको खुलासा गरेका हुन् । आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
त्रिवि कार्यकारी परिषदका एक सदस्यले भने
- हामीलाई प्रमुख दलका मुख्य नेताहरुले सम्बन्धन दिनुपर्छ भन्नुभएको हो ।
- त्यसमा एमालेका नेताहरु पनि छन्, कांग्रेस, माओवादीका पनि छन् ।
- हामीले निर्णय लेख्नुअघि प्रधानमन्त्री र शिक्षामन्त्रीलाई जानकारी गराएका थियौं ।
- उहाँहरुलेनै (निर्णय भए पनि) अहिले बाहिर नल्याउनुस् भन्नुभयो ।
- तर, तीन सातापछि उहाँहरुले नै निर्णय ‘लिक’ गरिदिनुभयो ।