निजगढ विमानस्थल निर्माणको काम सुरु गर्न ढिलाई भएकोमा नेपालको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

निजगढ विमानस्थल निर्माणको काम सुरु गर्न ढिलाई भएकोमा नेपालको असन्तुष्टि

madhav kumar nepal

काठमाडौं, ४ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्न ढिलाई भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

वरिष्ठ नेता नेपालले सो विमानस्थलको निर्माण कार्य तत्काल अघि बढाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । सोमबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले कुनै पनि बहानामा सो विमानस्थलको निर्माण कार्यमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए ।

वरिष्ठ नेता नेपालले सो विमानस्थलको निर्माणका लागि प्रभावित क्षेत्रका जनताको उचित बसोबासको व्यवस्था गर्ने कार्यलाई तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे । उनले रन वे निर्माणका लागि सो क्षेत्रको जग्गा अधिग्रहणको काम सम्पन्न गर्न ढिलाई गर्न नहुनेमा जोड दिए ।

वरिष्ठ नेता नेपालले सो विमानस्थल निर्माणको कामलाई अघि बढाउन स्थानीय जनताले दवाव दिईरहँदा पनि सरकारले चाँसो नदिएको गुनासो गरे । स्थानीय जनतासँग आवश्यक परामर्श गरेर सो विमानस्थल निर्माण कार्यलाई सहज ढंगले अघि बढाउन सरकारलाई वरिष्ठ नेता नेपालको सुझाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);