श्रीलंका साफ महिला फुटबलको सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८१, शुक्रबार

श्रीलंका साफ महिला फुटबलको सेमिफाइनलमा प्रवेश

विराटनगर, १ चैत । विरानगरमा जारी साफ महिला च्याम्पियनसिप फुटवल अन्तर्गत शुक्रवार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

विराटनगर स्थित शहीद रंगशालामा भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई २–० गोल अन्तरले पराजित गरेको हो । जीतसंगै श्रीलंका समूह बीबाट सेमिफाइनलमा प्रबेश गरेको छ । माल्दिभ्स भने समुह चरणका दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

श्रीलंकाको जीतमा खेलको ४० औं मिनेटमा चालानीकुमारी इकानायाकेले पहिलो गोल गरेकी थिइन् । त्यसैगरी चालानीले नै ५० औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै श्रीलंकाको जित सुनिश्चित गरिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);