सरकारले मानव अधिकार आयोगलाई प्राथमिकता दिएन : अध्यक्ष शर्मा | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

सरकारले मानव अधिकार आयोगलाई प्राथमिकता दिएन : अध्यक्ष शर्मा

Anupraj-Sharma

काठमाडौं, २७ फागुन । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारले आयोगलाई प्राथमिकता नदिएको गुनासो गरेका छन् । अध्यक्ष शर्माले सरकारले उचित बजेटको व्यवस्था नगरेकै कारण मानव अधिकार संरक्षणसम्बन्धि कार्यक्रम संचालन गर्न आयोग असमर्थ भएको बताए ।

१ सय ९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महिलाहरुको मानव अधिकार हनन् हुन नदिन विभिन्न कार्यक्रम संचालन गर्ने सोच आयोगले बनाए पनि त्यसका लागि सरकारले आवश्यक बजेटको व्यवस्था नगरेको बताए । अध्यक्ष शर्माले सरकारले उचित बजेटको व्यवस्था गरे मानव अधिकार हनन् हुन नदिने खालका कार्यक्रम संचालन गर्न आयोग तयार रहेको जानकारी दिए ।

अध्यक्ष शर्माले वैदेशिक रोजगारमा गएका नेपाली महिलाहरुको मानव अधिकार संरक्षण हुने गरी आयोगले आगामी अक्टोबर महिनामा अन्तर्राष्ट्रिय स्तरको मानव अधिकारसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);