८४२६ प्रहरीले छाडे संगठनः भन्छन्, संगठनमा भन्दा ट्याक्सी चलाएर परिवार धान्न सजिलो | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

८४२६ प्रहरीले छाडे संगठनः भन्छन्, संगठनमा भन्दा ट्याक्सी चलाएर परिवार धान्न सजिलो

nepal prahari

काठमाडौं, १६ फागुन । टेकु स्थित काठमाडौँ प्रहरी परिसरमा राजीनामा हातमा लिएका एक प्रहरी जवान भन्दै थिए, ‘संगठनमा भन्दा त ट्याक्सी चलाएर राम्रोसँग परिवार धान्न सक्छु ।’

चालकको दरबन्दीमा कार्यरत उनले जागीर छाड्ने योजनाअनुसार नयाँ ट्याक्सी किनेको सुनाए । अन्य दरबन्दीमा भएका जवानले थोरै मात्र बिदा पाउने र २४ सै घण्टा तम्तयार रहनुपर्ने बाध्यता रहेको गुनासो उनको थियो ।

परिसरमा यसवर्ष जवानदेखि सइसम्म १ सय ५९ जनाले राजीनामा दिइसके । छाड्ने सबै पेन्सन अवधि पुगेका कर्मचारी छन् । राजीनामा दिनेमध्ये २९ जना चालक थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

२०७१ मा १७२३ जनाले, २०७२ मा १२५२ जना, २०७३ मा ११६० जनाले, २०७४ मा १७८१ जनाले र २०७५ साल माघसम्म २५१० जनाले संगठन छाडेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);