नेपाल-भारत उर्जा विज्ञहरुको बैठक काठमाडौंमा सुरु | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

नेपाल-भारत उर्जा विज्ञहरुको बैठक काठमाडौंमा सुरु

urja baithak

काठमाडौं, १५ फागुन । नेपाल भारत उर्जा विज्ञहरुको बैठक बुधवारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल र भारतबीच उर्जा क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्ने उदेश्यले आयोजित उक्त बैठकमा दुबै देशका उर्जासंग सम्बन्धित विज्ञहरुको सहभागिता रहेको छ ।

बैठकमा नेपालले भारतसंग महाकाली नदीको पानी प्रयोग सम्बन्धि भारतसंग गरिएको संझौताका बिषयमा आफनो कुरा राख्ने जनाइएको छ । मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देश बीचको उर्जा विज्ञहरुको बैठकमा भारतसंग स्पष्ट कुरा राख्न नेपाली पक्षलाई निर्देशन दिएका थिए ।

२०५२ साल माघ १९ गते भएको महाकाली सन्धिमा उल्लेख गरिएको भारतले नेपाली पक्षलाई उपलब्ध गराउने पानी र विद्युत सम्बन्धि सम्झौता अझै कार्यान्वयन हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);