निगमको विमान इन्जिन मर्मत तथा भाडासम्बन्धि टेन्डर प्रक्रिया रोक्न समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

मंसिर २२ २०८१, शनिबार

निगमको विमान इन्जिन मर्मत तथा भाडासम्बन्धि टेन्डर प्रक्रिया रोक्न समितिको निर्देशन

sarbajanik lekha samiti

काठमाडौं, १० फागुन । संसदको सार्वजनिक लेखा समितिले नेपाल बायूसेवा निगमको विमान इन्जिन मर्मत तथा भाडासम्बन्धि टेन्डर प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको छ ।  सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकले बिमानको इञ्जिन तथा भाडासम्बन्धि टेण्डर गर्दा १ अर्व ५३ करोड घोटाला भएको हुन सक्ने आशंका गर्दै त्यसलाई तत्काल रोक्न पर्यटन मन्त्रालय र नेपाल वायु सेवा निमगलाई निर्देशन दिएको हो ।

नेपाल वायु सेवा निगमको विमान इन्जिन मर्मत तथा भाडा सम्बन्धि टेन्डर आह्वान प्रक्रियामा ठूलो आर्थिक चलखेल भएको हुन सक्ने देखिएकाले तत्काल सो प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए ।

निगमले लुब्रिहंश कम्पनीलाई परेको सो ठेक्का आह्वान रद्द गरी अर्कै कम्पनीसँग १ अर्व ५३ करोड घुस लिएर नयाँ प्रक्रिया सुरु गरेको समितिको आशंका छ । बैठकमा नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले कानुन सम्मत नभएकाले लुृब्रिहंस कम्पनीलाई दिइएको ठेक्का प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया सुरु गर्नु परेको जवाफ दिएका थिए ।

बैठकमा समितिका सदस्य प्रेमकुमार आलेले निगमले फेरी टेन्डर आह्वान प्रक्रिया अघि बढाएर भ्रष्टाचार गर्न खोजेको उल्लेख गर्दै सैह्य नहुने चेतावनी दिए ।
समितिका अर्का सदस्य लेखराज भट्टले टेन्डर आह्वान प्रक्रियाबारे विस्तृत अध्ययन गरेर मात्रै अघि बढनुपर्ने आवश्यक्ता औंल्याएका थिए ।

नेपाल वायु सेवा निगमले दुई वटा वाईडबडी विमान खरिदमा ४ अर्व ३५ करोड भ्रष्टाचार गरेको निष्कर्ष लेखा समितिले निकालेपछि अहिले छानवीन प्रक्रिया अघि बढाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);