संसदीय समितिले भ्रष्टाचार नियन्त्रणका बारेमा आइतबार अख्तियारसँग छलफल गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

संसदीय समितिले भ्रष्टाचार नियन्त्रणका बारेमा आइतबार अख्तियारसँग छलफल गर्ने

काठमाडौं, ८ फागुन । संसदीय समितिले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको कामका बिषयमा आयोगसंग छलफल गर्ने भएको छ ।

संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बुधबार बसेको बैठकले भ्रष्टाचार न्यूनीकरण गर्न आयोगले गरिरहेका कामहरुबारे जानकारी लिन अख्तियार प्रमुख नवीन घिमिरेलाई आगामी आइतबार बोलाउने निर्णय गरेको हो ।

बैठकले देशमा बढिरहेको भ्रष्टाचार कम गरि सुशासन कायम गर्न अख्तियारले गरिरहेका कामबारे जानकारी लिन प्रमुख आयुक्त घिमिरेलाई बोलाउने निर्णय गरेको समितिकी सभापति तारादेबी भट्टराईले जानकारी दिइन् ।

बैठकले दीगो विकाश तथा सुशासन समितिको कार्य योजना पनि पास गरेको छ । समितिले सांसद रमेश जंग रायमाझीको संयोजकत्वमा ७ सदस्य उपसमिति गठन गरेको थियो । उपसमितिले देशको दीगो विकास तथा सुशासन सम्बन्धमा सरकारको योजना, सरोकारवाला निकायको भूमिका, नीति तथा कार्यक्रमहरुको अध्ययन गरि आवश्यक परामर्श र निर्देशन दिन सक्ने गरि कार्य योजना बनाएको छ ।