छाउपडी अन्त्य गर्न जनचेतनामूलक कार्यक्रम अभियानकै रुपमा संचालन गर्नुपर्ने निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

छाउपडी अन्त्य गर्न जनचेतनामूलक कार्यक्रम अभियानकै रुपमा संचालन गर्नुपर्ने निष्कर्ष

mahila samitee

काठमाडौं, ५ फागुन । संघीय संसदको महिला तथा सामाजिक समिति अन्तरगतको उपसमितिले छाउपडी कुप्रथा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा संचालन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

छाउपडी अन्त्यका लागि आवश्यक सुझाव दिन गठित उपसमितिले आईतबार समितिमा बुझाएको प्रतिवेदनमा जनचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा संचालन गरेर मात्रै अन्त्य गर्न सकिने उल्लेख गरिएको हो । समितीले छाउपडी गोठमा बसेको सूचना दिने, परिवारलाई तत्काल सम्मान स्वरुप पुरस्कार दिने व्यवस्था गर्नुपर्ने सुझाव पनि सरकारलाई दिइएको छ ।

समितिको गत माघ १५ गते बसेको बैठकले छाउपडी कुप्रथा अन्त्यका लागि आवश्यक सुझाव दिन समितिका सदस्य गणेशसिंह ठगुन्नाको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । सोही उपसमितिले तयार पारेको प्रतिवेदन समितिमा पेश गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);