विपी उद्यानको जग्गामा सहिद पार्क बनाउने निर्णयप्रति कांग्रेसको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

विपी उद्यानको जग्गामा सहिद पार्क बनाउने निर्णयप्रति कांग्रेसको आपत्ति

काठमाडौं, २७ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वीरगंजमा विपी उद्यान निर्माणका लागि छुटयाइएको जग्गामा प्रदेश २ को सरकारले सहिद स्मृति पार्क निर्माण गर्न लागेकोमा आपत्ति जनाएको छ । नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको माघ २४ गते बसेको बैठकले वीरगंजमा २०४९ सालमै विपी उद्यानका लागि छुट्टयाएको १० विघा जग्गामा प्रदेश सरकारले सहिद स्मृति पार्क बनाउन लागेकोमा आपत्ति जनाएको हो ।

माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वीरगंजमा रहेको विपी उद्यानको जग्गामा सहिद स्मृति पार्कको शिलान्यास गरेका थिए । त्यसप्रति काँग्रेसको गम्भिर आपत्ति आपत्ति छ ।

आईतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले मुलुककै सर्वमान्य नेता विपीको नाममा स्थापना गर्न लागिएको उद्यानको जग्गामा सहिद समृति पार्क बनाउने प्रदेश सरकारको निर्णयप्रति पार्टी केन्द्रिय कार्य समितिले गम्भिर आपत्ति जनाएको जानकारी दिए ।

उनले विपी उद्यान निर्माण गर्ने सो निर्णय यथास्थितिमै राखेर विपी उद्यान निर्माण प्रक्रिया तत्काल सुरु गर्न पनि सरकारसँग माग गरे ।

नेपाली काँग्रेसले सो जग्गा विपी उद्यानबाहेक अरु कुनै पनि प्रयोजनका लागि प्रयोग गर्न नपाउने गरी सरकारले विपी उद्यानको नाममा जग्गाको पूर्जा उपलब्ध गराएको दावी गरे । प्रवक्ता शर्माले २०६० साल कार्तिकमा तत्कालीन श्रम तथा यातायातमन्त्री डा. प्रकाशचन्द्र लोहनीले विपी उद्यानको शिलान्यास गरिसकेको भन्दै अर्कै नाममा अहिले आएर पार्क बनाउन खोज्नु वर्तमान सरकारकै गलत मनसायको उपज भएको आरोप लगाए ।

यसअघि नेपाली काँग्रेसले दवाव दिएपछि गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताललाई संघीय सरकारको मातहत नल्याउने गत पुस २३ गतेको निर्णय सच्याउन सरकार बाध्य भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);