डा. केसीको पक्षमा सामूहिक अनशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

डा. केसीको पक्षमा सामूहिक अनशन

dr kc

काठमाडौं, १४ माघ । चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत १९ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीको माग पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले नेपाल चिकित्सक संघको नेतृत्वमा सोमबारदेखि चिकित्सकहरुले सामूहिक अनशन सुरु गर्ने भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ।

डा. केसीसँग भएको सहमतिविपरीत प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि चिकित्सकहरुले उनको माग पूरा नभएसम्म अनशन जारी राख्ने भएका हुन् ।

चिकित्सकहरुले त्रिवि शिक्षण अस्पतालमा दैनिक विहान १० बजेदेखि बेलुका पाँच बजेसम्म अनशन बस्ने कार्यक्रम छ ।