काठमाडौं, ८ माघ । बरिष्ठ अधिवक्ता तथा पुर्वमहान्याधिवक्ता डा.युवराज संग्रौलाले प्रधानमन्त्रीले देशको लागि योगदान गर्न आहवान गरे आफु कटटु लगाएर भएपनि देशको लागि लडन सहयोग गर्न तयार रहेको बताएका छन । माउन्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कुरा गर्दै डा. संग्रौलाले अझै राजनीतिक संक्रमण कायम रहेको बताएका छन । उनले बर्तमान मन्त्रीपरिषदका तिन जना मन्त्री फेर्नुपने सुझाव पनि दिएका छन ।
डा.संग्रौलाले सरकारलाइ बदनाम गर्न चाहने एनजिओले निर्मला हत्या प्रकरणलाइ उचालेको आरोप पनि लगाए । उनले नेपालमा तिन जना नेताविरुद्ध नियोजित रुपमा आक्रमण भइरहेको भन्दै केपी ओली,प्रचण्ड र शेरवहादुर देउवाको नाम लिए । डा संग्रौलाले देउवा सत्तामा आउने वित्तिकै भ्रष्टाचारको,प्रचण्डलाइ हेगको डर देखाउने र ओलीलाइ हावादारी सपना देखाएको भनेर खेदो खन्ने काम भएको बताए । उनले नेपालमा पश्चिमा शक्तिको चलखेल बढेको पनि खुलासा गरेका छन । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले बरिष्ठ अधिवक्ता डा.युवराज संग्रौलासँग गरेको कुराकानी हेर्नुहोस् :




