राष्ट्रपति भण्डारीद्वारा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

राष्ट्रपति भण्डारीद्वारा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण

ratrapati bidhya

काठमाडौं, २७ पुस । राष्ट्रपति विद्या भण्डारीले सिंहदरबारको मूलगेट अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

राष्ट्रपति भण्डारीले २ सय ९७ औं पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रबार सिंहदरबारको मूलगेटमा आयोजित एक समारोहमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन् । त्यस अवसरमा उनलाई नेपाली सेनाले सलामी समेत अपर्ण गरेको थियो ।

समारोहमा मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायतका नेताहरु पनि सहभागी भएका थिए । समारोहमा पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा स्मरण गर्दै राष्ट्रिय झण्डा फहराईएको थियो भने राष्ट्रिय गान र राष्ट्रिय धुन बजाइएको थियो ।

यसैबीच, समारोहमा सहभागी भएका सर्वसाधारणहरुले पृथ्वीनारायण शाहकै योगदानका कारण नेपाली भएर रहन पाएकोमा गर्व लागेको प्रतिक्रिया दिएका थिए । उनीहरुले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्म दिनमा सार्वजनिक विदा नदिएकोमा सरकारप्रति असन्तुष्टि पनि जनाएका छन् । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको प्रशासनिक कौशललाई ग्रहण गरेर अघि बढन पनि नेताहरुलाई सर्वसाधारणको सुझाव छ ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नु भएकाले उनको सम्मानमा जन्म(जयन्तीको अवसर पारेर पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिएको हो । पृथ्वी जयन्तिको दिन दिँदै आएको विदा कटौति गरेपनि सरकारले राष्ट्रिय एकता दिवसलाई आदरभावका साथ मनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);