अध्यादेशमाथि शंका गर्नुपर्ने अवस्था नरहेको मन्त्री पण्डितको दावी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

अध्यादेशमाथि शंका गर्नुपर्ने अवस्था नरहेको मन्त्री पण्डितको दावी

lalbabu pandit

काठमाडौं, १८ पुस । प्रतिनिधिसभाले सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई स्वीकृत गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले कर्मचारी समायोजन अध्यादेश २०७५ लाई वहुमतले स्वीकृत गरेको हो । यसअघि सांसद प्रेम सुवाल र गगन कुमार थापाले कर्मचारी समायोजन अध्यादेश अस्वीकार गरियोस् भनी दर्ता गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अध्यादेश स्वीकृतका लागि राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

उनले अध्यादेश पुर्णत संविधानतः आएको दाबी गर्दै राष्ट्रसेवक कर्मचारीको वृद्धि विकासलाई कहि पनि बन्द नगरिएको बताए । मन्त्री पण्डितले प्रस्तुती र अन्तरवस्तुका दृष्टिले अध्यादेशमाथि शंका गरिरहनु पर्ने अवस्था नरहेको जिकिर गरे ।

त्यस अघि अध्यादेशमाथि विरोधको सुचना दर्ता गराएका सांसद थापाले छुटै पहिचान बोकेका केही विशिष्ट कर्मचारीको स्वार्थबाट प्रभावित भएर अध्यादेश ल्याईएको भन्दै फिर्ता लिन माग गरेका थिए ।

उनले अध्यादेश प्रस्तुत गर्ने तरिकामा मात्रै नभएर अध्यादेश भित्रका प्रावधानमा पनि समस्या देखिएको दावी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);