काठमाडौं, २ पुस । सांसद पम्फा भुसालले संसद सचिवालयले उपलव्ध गराएको घरभाडा वापतको रकम फिर्ता गरेकि छन् ।
काठमाडौमा घर भएपनि संसद सचिवालयले अभिलेख व्यवस्थापनमा गरेको कमजोरीका कारण आफ्नो वैक खातामा रकम आएको भन्दै उनले रकम फिर्ता गरेकि हुन् । यस्तै सांसदहरु सांसदहरु योगेश भट्टराई तथा उमेश श्रेष्ठले पनि घरभाडा वापतको रकम फिर्ता गर्ने घोषणा गरेका गरेका छन् । उनले आइतवार विज्ञप्ति जारी गरी समाचार लेखेर ध्यानाकर्षण गरिदिएको भन्दै पत्रकारलाई धन्यवाद दिएका छन् ।
यस्तै, कांग्रेसका तर्फबाट निर्वाचित सांसद श्रेष्ठले पनि आफूले काठमाडौंमा घर भएको कुरा फारममा उल्लेख गरेको भन्दै थाहा नैं नपाई आफ्नो खातामा पैसा आएको बताएका छन् । उनले विनाशिर्षक खातामा आएको सबै पैसा सामाजिक काममा लगानी गरेको भन्दै अव घरभाडाा वापत आएको सबै पैसा फिर्ता गर्ने घोषणा गरेका छन् ।