पत्रकारलाई रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न सभामुखको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पत्रकारलाई रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न सभामुखको आग्रह

sabhamukh mahara

काठमाडौं, १ पुष । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारहरुलाई सही समाचार लेख्न आग्रह गरेका छन् । सभामुख महराले पत्रकारहरुमाथि सधैं प्रतिपक्षको जस्तो व्यवहार गरेको आरोप लाग्ने गरेको भन्दै सरकार र संघीय संसदको काममा सहयोगी बन्न आग्रह गरे ।

आईतबार काठमाडौंमा आयोजित संसदीय मामिला पत्रकार समाजको अधिवेशमा उनले रचनात्मक प्रतिपक्षीय भूमिकामा आउन पनि पत्रकारहरुको ध्यानाकर्षण गराए  । उनले संघीय संसदको हिउँदे अधिवेशनले संघ, प्रदेश र स्थानीय तहमा देखिएको कानुनसम्बन्धि सबै समस्या समाधान गर्ने विश्वास पनि व्यक्त गरे  ।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले संघीय संसदको हिउँदे अधिवेशन छिट्टै आह्वान हुने बताए । उनले आगामी हिउँदे अधिवेशनमा सरकारले संविधानसँग बाँझिएका कानुन निर्माणको कामलाई उच्च प्राथमिकतामा राखेको पनि स्पष्ट पारे ।

आगामी फागुन २० गते भित्र संविधानसँग बाँझिएका सबै कानुन संशोधन गरि सक्नुपर्ने संवैधानिक व्यवस्था छ । मन्त्री ढकालले सो संवैधानिक प्रावधान अनुसार सबै कानुनलाई संविधान अनुकूल बनाउने कामलाई सरकारले उच्च प्राथमिकता दिने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);