चीनको दूरसञ्चार कम्पनी हुवावेकी उच्च अधिकारी मेङ क्यानडामा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

चीनको दूरसञ्चार कम्पनी हुवावेकी उच्च अधिकारी मेङ क्यानडामा पक्राउ

एजेन्सी, २० मंसिर । चीनको दूरसञ्चार कम्पनी हुवावेका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानडामा पक्राउ गरिएको छ । बान्झाउलाई अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानडाका अधिकारीहरुले बताएका छन् ।

चीनले भने उक्त पक्राउ र दुर्व्यहारप्रति आपत्ति जनाएको छ । वान्झाउ हाल हुवावेकी प्रमुख वित्तीय अधिकृत रहेकी छिन् । इरानमाथिको अमेरिकी नाकाबन्दीको हुवावेले अवज्ञा गरेको आरोपमा अमेरिकी अधिकारीहरुले अनुसन्धान सुरु गरेको बताइएको छ ।

अमेरिकी गुप्तचर अधिकारीहरुले हुवावेका गतिविधिमाथि निगरानी गरिरहेको र उक्त कम्पनी राष्ट्रिय सुरक्षाका दृष्टिले खतरापूर्ण रहेको बताउँदै आएका छन् । अमेरिका र चीनबीच जारी व्यापारिक तनावका सन्दर्भमा तीनमहिने युद्धविराम गरेको केही दिनभित्रै नयाँ विवाद सतहमा आएको छ ।

दुवै देशका व्यापार मध्यस्थकर्ताहरुमाथि तीन महिनाभित्र असमझदारीहरु हटाउनुपर्ने गहन जिम्मेवारी छ । बान्झाउको गिरफ्तारीसँगै एसियाली सेयर बजारमा त्यसको असर देखिएको छ । साङघाइ र हङकङको सेयरबजारमा गिरावट आउनुका साथै प्रविधि क्षेत्रको सेयरमा मन्दी छाएको छ ।

क्यानडाको न्याय मन्त्रालयले एक वक्तव्यमा मेङलाई भ्यानकुभरबाट डिसेम्बर १ तारिखमा गिरफ्तार गरिएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);