गुण नियन्त्रण विभागको कामकार्वाहीप्रति कृषि राज्यमन्त्रीको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार

गुण नियन्त्रण विभागको कामकार्वाहीप्रति कृषि राज्यमन्त्रीको असन्तुष्टि

krishi rajyamantri chaudhary
काठमाडौं, १८ मंसिर । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कामकार्वाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छिन् । राज्यमन्त्री चौधरीले खाद्य स्वच्छता अभियान समेत संचालन गर्न नसकेको उल्लेख गर्दै सो विभागको कामकार्वाही प्रति असन्तुष्टि व्यक्त गरेकी हुन् ।

मंगलबार काठमाडौंमा आयोजित विभागको प्रथम चौंमासिक प्रगति समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनीले मानव स्वास्थ्यमा हानी पु¥याउने खाद्य बस्तु विक्रीवितरण गर्नेमाथि किन कार्वाही नगरेको भनि विभागका पदाधिकारीलाई प्रश्न पनि गरिन ।

विभागले जनताको दैनिक उपभोग्य दूध, पानीलगायतका बस्तु स्वच्छ बनाउने आफ्नो अधिकारलाई समेत प्रयोग गर्न नसकेकोमा राज्यमन्त्री चौधरीको आक्रोश छ । राज्यमन्त्री चौधरीले विभागले मन्त्रालयको दवावमा मात्रै काम गर्ने गरेको भन्दै आपत्ति पनि जनाईन् ।

विभागले चालू आर्थिक वर्षको बाँकि ८ महिनामा लक्ष्य अनुसार काम गर्ने प्रतिवद्धता पनि जनाएको छ । प्रथम चौमासिकमा भने नयाँ कार्यालय खोल्ने र त्यहाँ कर्मचारी पदस्थापन गर्ने काममा ध्यान दिनु परेकाले अन्य काम गर्न नसकेको विभागका महानिर्देशक कर्णको स्पष्टिकरण छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);