'बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता' शनिबार हुँदै | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

‘बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता’ शनिबार हुँदै

golf

काठमाडौं, १६ मंसिर । काठमाडौंमा ‘बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता’ आयोजना हुने भएको छ । बाह्रखरी मिडियाले आगामी मंसीर २९ गते शनिबार गोकर्ण गल्फ कोर्स मैदानमा ‘बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता’ आयोजना गर्न लागेको हो ।

खेलकुदका समाचारलाई महत्व दिँदै आएको सो मिडियाले खेलकुद क्षेत्रमा युवाहरुलाई आकर्षित गर्ने उद्देश्यले गल्फ प्रतियोगिता आयोजना गर्न लागिएको गोकर्ण गल्फ क्लवका वरिष्ठ गल्फ निर्देशक दिपक आचार्यले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई चौबिस क्यारेटको सुनको ‘गल्फ बल’ प्रदान गरिनेछ । त्यसैगरी प्रतियोगितामा ‘होल इन वान’ गर्ने खेलाडीले गाडी पुरस्कार पाउने बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले बताए ।

बेष्ट ग्रस, लंगेष्ट डाईभ, क्लोजेष्ट टु द पिन तथा मोष्ट बर्डिजलाई समेत प्रतियोगितामा पुरस्कारको व्यवस्था गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);