शिक्षा सम्बन्धी नीति बनाउने अधिकार प्रदेश सरकारलाई हुनुपर्छ : मुख्यमन्त्री राउत | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

शिक्षा सम्बन्धी नीति बनाउने अधिकार प्रदेश सरकारलाई हुनुपर्छ : मुख्यमन्त्री राउत

lalbabu raut

जनकपुरधाम, १२ मंसिर । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शिक्षा सम्बन्धी नीति बनाउने अधिकार प्रदेश सरकारलाई हुनु पर्ने बताएका छन् । उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले आज जनकपुरधाममा आयोजना गरेको सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।

उनले मुलुक नयाँ संरचनामा गईसकेपछि तीन तहको सरकार भईसकेपछि शिक्षा नीतिमा पनि त्यही प्रकारले जानु पर्ने थियो त्यस अनुसार जान नसकेको उनले बताए ।

मुख्यमन्त्री राउतले शिक्षाको नीति नै गलत रहेको भन्दै नेताका कारण विद्यालयमा अदक्ष शिक्षकहरुले काम गरिरहेको बताए । उनले अहिलेको शिक्षा विदेशीको इशारामा चलेको समेत आरोप लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);