काठमाडौं, ११ मंसिर । पश्चिम पाल्पामा दही र चामल खाएर न्वागी पर्व मनाईएको छ ।
नयाँ धान भित्रयाएपछि दहि, चामल, केरा, मह लगायतका बस्तुहरु देवी लाई चढाई न्वागी खाएपछि मात्र उपभोग गर्ने चलन पश्चिम पाल्पामा चल्दै आएको छ ।
न्वागीको अवसरमा प्रदेश ५ का कानुन तथा आन्तरीक मामिला मन्त्री कुल बहादुर के।सी।तथा पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल लगायतका अतिथीहरुले पश्चिम पाल्पामा रहेकी रैनादेवी मन्दिर परिसरमा पुगेर ३ वटा कन्यालाई दही र चामल खुवाइ न्वागी पर्वको शुभारम्भ गरिएको हो ।
देवी लाई नयाँ चामल चढाएपछि मन्दिर क्षेत्रमा बाजा बजाई दही चामल खाएर न्वागी पर्व मान्ने परम्परा रहदै आएको रैनादेवी छहरा गाउँपालिका वडा नंं ३ का वडा अध्यक्ष लालबहादुर दर्लामीले बताए ।
पश्चिम पाल्पाका जनताले परम्पराकाल देखि नै न्वागी पर्बलाई निको ठुलो पर्बको रुपमा मनाउदै आएका छन ।





