कञ्चनपुर, ८ मंसिर । छोरीको हत्याराको माग राख्दै अनसन बसेका निर्मलाका बुवा यज्ञराज पन्तको मानसिक अवस्था विग्रदै गएको आफन्तहरुले बताएका छन् । यज्ञराज पन्तका दिदीका अनुसार उनले केही दिन देखि असामान्य व्यवहार देखाईरहेका छन् ।
बलात्कार पछि हत्या गरिएकी छोरीको न्याय माग्दै बिगत १३ दिनदेखी अनिश्चितकालिन धर्नामा रहेका निर्मलाका बुबा यज्ञराज पन्तको मानसिक स्थिति बिग्रिदै गएको छ । केहीदिनदेखि यज्ञराज धर्ना स्थलमा बहकिने तथा जथाभावि बोलिरहेका छन् ।
शुक्रबार यज्ञराज धर्ना स्थल छाडेर भागदौड गर्दै बजारमा पुगेका थिए । उनले यसै क्रममा जथाभावि तथा गालीगलैच समेत गरेका थिए ।
बजार पुगेका उनलाई महिला अधिकारकर्मीहरुले प्रहरीको सहयोगमा धर्ना स्थलमा ल्याएका छन् । चिकित्सकहरुका अनुसार यज्ञराजको पछिल्लो व्यवहार डिप्रेसनको लक्षण भएको बताएका छन् ।
यता कञ्चनपुरका नि. प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले पनि यज्ञराजको सारीरिक र मानसिक अवस्था असामान्य रहेको पुष्टी गरे । यधपी उनले चिकित्सकहरुको रिपोर्ट आएपछि मात्र सवै कुरा भन्न सकिने बताए । प्रशासनले यज्ञराजको स्वास्थ्य अवस्थाप्रति गम्भिर भएको बताउँदै जुनसुकै बेलामा पनि उपचार लागि तयार रहेको जनाएको छ ।
गत साउन १० गते साथीको घरमा होमवर्क गर्न हिडेकी निर्मला पन्तको ११ साउनमा मृत अवस्थामा उखुबारीमा शव भेटिएको थियो ।
छोरीको हत्यारालाई प्रक्राउ गर्न निर्मलाका वुवा काठमाडौं सम्म आएपनि प्रक्राउ नपरेपछि १३ दिन देखि कञ्चनपुर जिल्ला प्रशासन कार्याल अगाडी धर्ना वस्दै छन् । कञ्चनपुर प्रहरीले निर्मलाका हत्याराको खोजबिन भईरहेको जनाएको छ ।