आन्तरिक बजेट खर्च नगरि गैर बजेट स्विकृत हुन्न : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

आन्तरिक बजेट खर्च नगरि गैर बजेट स्विकृत हुन्न : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडा

काठमाडौं, ५ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले गैर बजेट स्विकृत नगर्ने स्पष्ट पारेका छन् । आन्तरिक बजेट खर्च नगरि गैर बजेटको माग गर्ने मन्त्रालयको संख्या बढ्दै गएपछि अर्थमन्त्री खतिवडाले गैर बजेट स्विकृत नगर्ने प्रष्टयाएका हुन् ।

उनले मन्त्रालय भित्रकै बजेट रकमान्तर गरेर खर्च गर्ने व्यवस्था गरिएकाले सोही अनुसार बजेट व्यवस्थापन गर्न पनि सबै मन्त्रालयलाई आग्रह गरे । बुधबार मन्त्रालयको पहिलो चौमासिक बजेट समिक्षा बैठक पछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले कानुन, कार्यविधि, लेखाविधिले रकमान्तर गरेर हरेक मन्त्रालयलाई खर्च गर्ने व्यवस्था गरेको बताए।

अर्थमन्त्री खतिवडाले बजेट प्रणाली भित्र नरहेका कुनै पनि आयोजनालाई बजेटको व्यवस्था नगर्ने बताए । उनले अर्को चौमासिक भित्र बजेट अनुशासन पूर्ण पालना गराउन सरकार सक्षम हुने दाबी गरे ।