एटिपी टेनिस फाइनल्सको उपाधि, एटिपी यस वर्षको अन्तिम टेनिस खेल | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

एटिपी टेनिस फाइनल्सको उपाधि, एटिपी यस वर्षको अन्तिम टेनिस खेल

tennis

काठमाडौं, ३ मंसिर । विश्व नम्बर एक नोभाक जोकोभिचलाई स्तब्ध पार्दै जर्मनीका एलेक्सान्दर भेरेभले एटिपी फाइनल्सको उपाधि जितेका छन् ।

प्रतियोगिताका बलियो दाबेदार सर्वियन खेलाडी नोभाक जोकोभिचलाई २–० को सेटमा हराउँदै भेरेभले बर्षको अन्तिम टेनिस प्रतियोगिताको उपाधि उचाले । भेरेभको करियरको यो सबैभन्दा ठूलो उपाधि हो । भेरेभले ३१ वर्षे जोकोभिचलाई ६–४ र ६–३ को सहज सेटमा हराए ।

तेस्रो वरियताका भेरेभले पहिलो सेटमा जोकोभिचले लिएको ५–४ को अग्रता उल्टाउँदै ६–४ को जित निकालेका थिए । २१ वर्षे भेरेभले जोकोभिलाई खेलभरी नै दबाबमा राखे । दोस्रो सेटमा अझ उत्कृष्ट प्रदर्शन गरेका भेरेभले विश्व नम्बर एकमाथि ६–३ को जित निकाले ।

यसअघि सेमिफाइनलमा भेरेभले स्वीस खेलाडी रोजर फेडेररलाई हराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);