देउवालाई घेराबन्दी गर्दै सानेपामा नेविसंघकाे नाराबाजी | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

देउवालाई घेराबन्दी गर्दै सानेपामा नेविसंघकाे नाराबाजी

काठमाडौं, १ मंसिर । नेपाल विद्यार्थी संघको नेतृत्व महाधिवेशन मार्फत चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गर्ने दुई समुहबीच नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा नाराबाजी भएको छ ।

नेपाल विद्यार्थी संघको महाधिवेशनका सम्बन्धमा छलफल गर्न बोलाईएको पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी हुन आएका नेताहरुलाई दबाब दिन दुवै पक्षले पार्टी कार्यालय सानेपामा नाराबाजी गरेका हुन् ।

पुर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य वीरबहादुर बलायरले शान्त बस्न आग्रह गर्दा नाराबाजीमा उत्रिएका विद्यार्थी र नेता बलायरबीच झण्डै झण्डै हात हालाहालको अवस्था श्रृजना भएको थियो ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य शुशिल भट्ट लगायतको समुहले महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गर्दै टिके प्रथाको विरोधमा नाराबाजी गरेको हो । अर्का विद्यार्थी नेता बलदेव तिमिल्सिना लगायतको समुहले नयाँ तदर्थ समिति गठन गरेर अघि बढ्नु पर्ने माग गर्दै नाराबाजी गरेका हुन् ।

दुवै पक्षले आआफ्नो हितमा निर्णय गराउन पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् । बैठकमा सहभागी हुन आएका सभापति शेरबहादुर देउवालाई दुवै पक्षले घेराबन्दी गर्दै नाराबाजी गरेका थिए ।

नेविसंघले ३ महिना अघि पार्टी केन्द्रीय समितिमा पेस गरेको विधान र नियमावलि पास हुन नसक्दा नेवि संगको भावि नेतृत्वमा अन्यौल छाएको हो ।