म्यानमारमा फैलिएको हिंसामा मर्नेको सख्ंया ८९ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

एजेन्सी, भदौ १० । म्यानमारको राखिने शहरमा आतंककारीको हमलामा परि कम्तिमा ८९जना भन्दा बढिको मृत्यु भएको छ । मारिनेमा कम्तिमा ७७ रोहींग्या मुस्लिम र १२ सुरक्षा कर्मी रहेको छन् ।

 

झण्डै १५० भन्दा बढि सदस्यले उक्त प्रान्तमा रहेका २० प्रहरी चौकीमा हमला गरेका थिए । उनीहरुले रकेट लञ्चर, राइफल लगाएतका हतियारहरु प्रयोग गरेका थिए ।

 

रोहिंग्या समुदायलाई न्याय दिलाउने भन्दै विभिन्न सशस्त्र गतिविधि गरिरहेको समुहले हिसां भड्काएको बीबीसीले जनाएको छ ।

हिसांका कारण उक्त शहरमा बसोबास गर्ने रोहिंग्या समुदायको ठुलो सख्ंया बंगलादेशतर्फ भाग्न थालेको छ ।

 

म्यानमारकी नेतृ आङ साङ सुकीको सचिवालयले हिसांमा मारिनेमा ७७ जना सशस्त्र समुहका सदस्य रहेको दाबी गरेको छ ।


गत वर्ष देखि सुरु भएको सो गतिविधिका कारण मुस्लिम समुदाय अत्याचारमा परेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);