'बिएमसी मिट मसला' र 'हेयर एण्ड सोल्डर' स्याम्पुको नक्कली उत्पादन गर्ने कारखाना फेला | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

‘बिएमसी मिट मसला’ र ‘हेयर एण्ड सोल्डर’ स्याम्पुको नक्कली उत्पादन गर्ने कारखाना फेला

nakali sampu

काठमाडौं, २७ कात्तिक । अन्तर्राष्ट्रिय ब्राण्डको उत्पादन बिएमसी मिट मसला र हेयर एण्ड सोल्डर नामक स्याम्पुको नेपालमै नक्कली उत्पादन गरी उपभोक्ता ठगिरहेको पाइएपछि प्रहरीले छापा मारेको छ ।

राजधानी काठमाडौँको चन्द्रागिरी नगरपालिका २० नैकाप स्थित एक घरमा अबैध रुपमा उत्पादन गरिरहेको ठुलो परिणामको मसला र स्याम्पु प्रहरीले बरामद गरेको हो ।

काठमाडौँको कलंकी नजिकै नैकापमा रहेको साढे दुईतले सामान्य घरमा यस्तो अबैध धन्दा गरेको फेला परेको हो । विएमसी नामक मिट मसला भारतीय उत्पादन हो । भारतबाटै नेपाल लगायत हुन्छ विएमसी मिट मसला ।

तर बासुप्रसाद विडारीले आफ्नै घरमा यसरी नक्कली विएमसी मसला उत्पादन गरि नेपाली बजारमा छ्यापछ्याप्ती बनाएका छन् । महंगो मेसिन घरभित्रै राखेर यसरी अबैध रुपमा नक्कली मसला प्याक गर्ने र नेपाली उपभोक्तालाई झुक्याइरहेका छन् ।

यस्तै यही घरमा चर्चित ब्राण्ड हेयर एण्ड सोल्डर नामक स्याम्पु पनि नक्कलीरुपमा उत्पादन हुँदै आएको छ ।

भारतीय कम्पनी भएपनि नेपाली बजारमा सर्वाधिक खपत हुने स्याम्पु मानिने यो उत्पादन पनि विडारीले बर्षाैँ देखि यहीँ नक्कली उत्पादन गर्ने र बजारमा लगेर बेच्ने गरेको पाइएको छ । विशेष सुचनाका आधारमा मंगलबार प्रहरीले उनको घरमा छापा मार्दा नक्कली उत्पादनको पर्दाफास भएको हो ।

प्रहरी पुग्दा समेत यहाँ धमाधम उत्पादनको काम चलिरहेको थियो । बजारमा लैजान ठिक्क पारेर राखेको हजारौँ प्याकेट मसला र स्याम्पु प्रहरीले बरामद गरेको छ । तयारीका लागि स्याम्पु र मसलाका प्याकेट र कच्चा पदार्थ प्रहरीले नियन्त्रणमा लिएको छ ।

४४ कार्टुन मसला, एक हजार केजी कच्चा पदार्थ, १६ रोल प्रिन्टीङ, ३७० कार्टुन स्याम्पु र कच्चा पदार्थ प्रहरीले निणन्त्रणमा लिएको छ । उनीहरुले यस्ता गुणस्तरहिन कच्चा पदार्थ आफैँ बनाउने र आवश्यक प्याकेजीङका सामाग्रि भने भारतबाटै मगाउने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको जनाएको छ ।

सामाग्रीसंगै प्रहरीले मालिक बासुप्रसाद विडारी र उनकी श्रीमति ज्योती विडारीलाई आवश्यक सोधपुछ र कार्बाहीका लागि नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई कानुनी कार्बाही अघि बढाउने प्रहरीले जनाएको छ । उत्पादनका लागि एक जना अपरेटर र दुई जना कामदार समेत राखिएको थियो । अहिले करोडौँ मुल्य बराबरको नक्कली मिट मसला र स्याम्पु काठमाडौँ लगायत देशभरका बजारहरुमा छ । यस्तो नक्कली उत्पादन धेरै नेपालीको भान्छामा समेत नहोला भन्न सकिन्न ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);