केन्द्रीय सरकार 'जस्ट' पास मात्र हो: पूर्व सचिव बास्कोटा | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

केन्द्रीय सरकार ‘जस्ट’ पास मात्र हो: पूर्व सचिव बास्कोटा

काठमाडौं, १९ कात्तिक । आजकल देशै भरि कर्मचारीको अभाव तथा समस्या भएको छ । यस अघि एउटा मात्र सरकार थियो । जसलाई हामी एकात्मक पद्दती सरकार भन्छौ ।

केन्द्रमा मन्त्रालय थिए,मन्त्रालयमा विभाग, विभाग मार्फत जिल्ला स्तरिय कार्यालय थिए र सवैधानी निकायहरु पनि त्यहि निर रहेको लोक सेवा आयोग भएकोले सवै तिर सिफारिस कर्मचारी फैलिएर जान्थे । जब २०७२ सालमा नयाँ संघीय लोकतन्त्रत्मक गणतन्त्रीक सविधान आयो तब शक्तिको बाडफाड तीन ठाउमा भयो । अहिले नेपालमा एउटा सरकार छैन । धेरै मान्छेहरु जसले सविधान लेखे उनले पनि नेपालमा ७६१ वटा सरकार छन् भनेर आश्चर्यमा छन् ।

अहिलेको केन्द्रीय सरकार, संघ सरकार ‘जस्ट’ पास मात्र हो । जसरी केन्द्रीय सरकार जस्ट पास मात्र भयो त्यसै गरी स्थनिय तह पनि जस्ट पासमा छन् । बेरोजगारको समस्या छ, भोली समस्या समाधान गर्न सकिने अवस्था छैन । सरकारको गतिविधि, कर्मचारी र स्थानीय तह बारे थप चर्चा गर्नका लागि माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोताले पूर्व सचिव कृष्णहरी बास्कोटा संग गरेकाे कुराकानी हेर्नुहोस्: