स्कुल जान थालिन् पवित्रा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

स्कुल जान थालिन् पवित्रा

school pabitra

मलंगवा, १३ कात्तिक । घरमा चर्पी नभएर जन्म दर्ता गर्न नपाउँदा पढ्नबाट वञ्चित ईश्वरपुर नगरपालिका–२ की पवित्रा ब्लोन तामाङ स्कुल जान थालेकी छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले उनको घरमा चर्पी बनाइदिन थालेपछि पढ्न पाएकी हुन्।

अन्नपूर्ण पोस्ट्मा उनीबारे शनिबार (स्कुल जान त मन लाग्छु) समाचार प्रकाशित भएपछि अनेरास्ववियुले उनको घरमा चर्पी बनाउन पहल गरेको हो। चर्पी बन्न थालेपछि वडाध्यक्षले पवित्रालाई स्कुल जाने वातावरण मिलाएका छन्। उनको घरमा अनेरास्ववियुको ९ सदस्यीय टोलीले चर्पी निर्माण गरिरहेको छ।

चर्पी बन्न लाग्दा र छोरीले पढ्न पाउँदा उनका बुबा सत्यसिंह हर्षित छन्। ‘गरिबीले चर्पी बनाउन सकिनँ’, उनले भने, ‘गाविस सचिवले छोरीको जन्मदर्ता बनाइ दिएनन् र जन्मदर्ता नहुँदा उसलाई स्कुल भर्ना गर्न सकेको थिइनँ।’ छोरी पढाउने मन भए पनि छोरीलाई विद्यालय भर्ना गर्न नपाएका उनको मुहार अहिले निकै उज्यालो छ। ‘आज चर्पी बन्न सुरु भएपछि छोरीलाई स्कुलमा पढाउन थालेको छु। विद्यार्थीहरूले सामान ल्याएर चर्पी बनाउँदै छन्’, उनले भने, ‘वडा अध्यक्षले स्कुल ड्रेस र कापीकिताब किनिदिनु भएको छ।’

चर्पीकै कारण पढ्न नपाएको समाचार पढेपछि पवित्राको घरमा चर्पी बनाउन आएको अनेरास्ववियुका केन्द्रीय सदस्य उज्ज्वल कार्कीले बताए। ‘साथीहरूसँग आइतबार सहयोग मागेर आज चर्पी बनाउन जुटेका छौं। सिमेन्टीको ५ वटा गोल वडाध्यक्षले दिनुभयो। बालुवा, इँटा र सिमेन्टी सहयोग मागेर ल्याएका छौं। गोल गाडिसक्यौं’, उनले भने, ‘मंगलबार इँटा जोडाइ र ढलान सकिन्छ। बुधबार हामी चर्पी हस्तान्तरण गर्छौं।’ राष्ट्रिय युवा परिषद्का केन्द्रीय सदस्य सरोज बाबु न्यौपाने, लालबन्दी क्याम्पसका अनेरास्ववियु अध्यक्ष शिवहरि गौतमको सहयोगमा चर्पी बनाइरहेको उनले बताए।

पवित्रालाई युवा वैज्ञानिक किरण अधिकारीले निजी विद्यालयमा कक्षा १० सम्म पढ्न लाग्ने सबै खर्च बेहोर्ने भएका छन्। ‘युवा प्रतिभा तथा युवा उद्यमी प्रोत्साहन पुरस्कार २०७३’ पाएका अधिकारी ब्रह्माण्डको उत्पत्तिसम्बन्धी अध्ययन गर्ने वैज्ञानिकको टोलीमा छानिएर सन् २०१५ मा अमेरिका गएका थिए। अमेरिकी अनुसन्धान केन्द्र नेसनल एक्सलरेटर ल्याबोरेटरीले २०१५ मा बोलाएर त्यहाँ पुगेका बिर्ता देउराली–९, काभ्रेका उनले एक वर्षअघि दिवंगत हजुरबुवा तोयानाथको सम्झनामा पवित्रालाई सहयोग गर्न लागेको बताए। आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);