नेपाली टोली सोमबार थाइल्याण्ड प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

नेपाली टोली सोमबार थाइल्याण्ड प्रस्थान

काठमाडाैं, ५ कात्तिक ।  एफसी १९ वर्षमुनिको महिला च्याम्पियनसिप छनोट खेल्न नेपाली टोली सोमबार थाइल्याण्ड प्रस्थान गरेको छ ।

बुधबारदेखि थाइल्याण्डमा सुरु हुने प्रतियोगितामा सहभागी हुन नेपाली टोली सोमबार बिहान सवा १० बजे नेपाल एयरलाइन्सबाट थाइल्याण्ड प्रस्थान गरेको हो ।

थाइल्याण्डको चोनबुरी रङ्गशालामा कार्तिक ७ गते देखि कात्तिक ११ गतेसम्म हुने छनोट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल कात्तिक ७ गते बुधबार थाइल्याण्डसँग खेल्नेछ ।

त्यस्तै, कात्तिक ९ गते भारतसँग र कात्तिक ११ गते पाकिस्तानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा प्रवेश पाउने छ भने समूहबाट उत्कृष्ट हुने दुई उपविजेताले पनि अघिल्लो चरणमा प्रवेश पाउनेछ ।