दुर्गा भवानीको मुर्ति बिसर्जन | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

दुर्गा भवानीको मुर्ति बिसर्जन

शम्भू माली

कपिलवस्तु, ३ कात्तिक । नेपालीहरुको महान पर्व बडादसैंमा कपिलवस्तुमा निकालिएको दुर्गा भवानीको मुर्ति धूमधामका साथ शनिवार बिसर्जन गरिएको छ ।

दुर्गा भवानीका साथै गणेश, लक्ष्मी, सरस्वती, शिवजी लगायत कैयौं देवी देवताहरुको मुर्तिको झाँकी ५ दिनसम्म निकालीएको थियो । झाँकीलाई बाजागजाका साथ नाचगान गर्दै तौलिहवा बजार परिक्रमा गरि तौलिहवा देखि ५ किलोमिटर नजिक पर्ने बाणगंगा नदीमा बिसर्जन भएको हो ।

विजया दशमीको अवसरमा कपिलवस्तुका स्थानीय युवाहरुको अग्रसरतामा विभिन्न चोक र गल्लीहरुमा माता दुर्गा भवानीका मुर्तिहरु बनाई पुजाआजाका लागि प्रदर्शनमा राखिएको थियो ।

फूलपातीका दिन देखि ५ दिन सम्म झांकी निकाली पूजाआजा गर्ने र यी मुर्तिहरुलाई एकादशीका दिन बाजागाजाका साथ स्थानीय रामघाट नदी र वरपरका अन्य नदीहरुमा लगेर विर्सजन गरिने प्रचलन रहेको छ ।