फ्रान्सले जर्मनीलाई हरायो, ग्रिजम्यान चम्किए | ईमाउण्टेन समाचार

Our Network

माघ ७ २०८१, सोमबार

फ्रान्सले जर्मनीलाई हरायो, ग्रिजम्यान चम्किए

france

काठमाडौं, ३१ असोज । एन्टोनी ग्रिजम्यानको दुई गोलको मदतमा विश्व विजेता फ्रान्सले जर्मनीलाई हराएको छ ।

नेसन्स कपमा मंगलबार राति भएको खेलमा फ्रान्सले जर्मनीलाई २–१ ले हराएको हो । खेलमा अग्रता भने जर्मनीले लिएको थियो । १४ औं मिनेटमा टोनी क्रुजको पेनाल्टी गोलमा जर्मनीले अग्रता लिएको थियो ।

दोस्रो हाफमा फ्रान्स खेलमा फर्कियो । ६२ औं मिनेटमा ग्रिजम्यानले बराबरी गोल गरे भने ८० औं मिनेटमा उनले नै पेनाल्टीमा गोल गर्दै जित दिलाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);