कंगोको ग्रामीण इलाकामा तेलको ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी ५० जनाको मृत्यु , सयौ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

कंगोको ग्रामीण इलाकामा तेलको ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी ५० जनाको मृत्यु , सयौ घाइते

oil tankar

एजेन्सी, २१ असोज । प्रजातान्त्रिक गणतन्त्र कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामीण इलाकामा एउटा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी ५० जनाको मृत्यु भएको छ ।

दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको हो । दुर्घटनामा कयौं मानिस घाइते भएको र ठूलो धनराशी बराबरको भौतिक सम्पत्तीको क्षति भएको एमबुजा क्षेत्रका गभर्नर अतु मतुबौनाले जानकारी दिएका छन् । पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्यांकर बाटोमा रोकेर राखिएको ट्रकमा ठक्कर खाएको थियो ।